रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

रसुवा । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि बताए ।

भोटेकोशी बगरमा ७०० मिटर लामो र साढे ५ मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्म्याउने, गोदामका दुई भवन निर्माण भएका छन् ।

आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनले बताए । बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, ३०० मालबाहक र १०० साना सवारी साधन पार्किङ गर्न सकिने छ । रासस

मन्दाकिनी हाइड्रोले १२५ प्रतिशत हकप्रद बिक्री गर्ने, बिक्री प्रबन्धक नियुक्त Read Previous

मन्दाकिनी हाइड्रोले १२५ प्रतिशत हकप्रद बिक्री गर्ने, बिक्री प्रबन्धक नियुक्त

सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?