मन्दाकिनी हाइड्रोले १२५ प्रतिशत हकप्रद बिक्री गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर जारी गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सम्झौतापत्रमा कम्पनीका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुर्इँटेलले हस्ताक्षर गरे ।

कम्पनीको गत मंसिर ७ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाले हकप्रद प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त हुने रकम २.९ मेगावाटको माथिल्लो सार्दिखोला जलविद्युत आयोजना निर्माण र अन्य जलविद्युत परियोजनामा लगानी गर्ने बताएको छ ।

कम्पनीले हाल कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ४ मेगावाटको सार्दीखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । उक्त आयोजनाबाट २०७४ मंसिरदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन हुँदै आइरहेको छ ।

माघ १७ गतेदेखि आठौं चेम्बर एक्स्पो हुँदै, २०० बढी स्टल रहने Read Previous

माघ १७ गतेदेखि आठौं चेम्बर एक्स्पो हुँदै, २०० बढी स्टल रहने

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा Read Next

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा