बीमा प्राधिकरणको अध्यक्ष नियुक्त प्रक्रिया अघि बढ्यो, सिफारिस समित गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त प्रक्रिया अघि बढाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।

सरकारले राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थ सचिव र विज्ञ सदस्यको रुपमा ज्योतिचन्द्र ओझा रहेका छन् ।

प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २४ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सिलवाल विरुद्ध नागरिकता केरमेट गरेर ३ वर्ष उमेर घटाई ढाँटेर लाभ लिएको आरोपमा मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा परेका थिए । अध्यक्ष पद अहिले रिक्त छ ।

हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहालले सम्हालिरहेका छन् ।

कर्णालीको तरंग 'कमजोर' विकास बैंकको सेयरमा, अतालिन थाले लगानीकर्ता Read Previous

कर्णालीको तरंग 'कमजोर' विकास बैंकको सेयरमा, अतालिन थाले लगानीकर्ता

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित Read Next

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित