मुकेश अम्बनीले शुरु गरे ‘जियोमार्ट’, के होला भारतमा अमेजोन र वालमार्टकाे भविष्य

जियो मार्फत भारतको टेलिकम व्यवसायमा उथलपुथल नै ल्याइदिएको एसियाकै धनाड्य मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले इ–कर्मश व्यवसाय पनि शुरु गरेको छ । कम्पनीले शुरु गरेको अनलाईन किराना पसलको सदस्य बन्नका लागि ग्राहकहरुलाई आग्रह गर्न थालेको छ ।

 

कम्पनीले आफ्नो व्यापक टेलिकम सञ्जाललाई प्रयोग गरेर इ–कमर्श व्यवसायमा छलाङ लागाउने योजना बनाएको छ । कम्पनीको यो व्यवसायीक रणनितिले विद्यमान इ–कर्मश व्यवसायीहरुलाई ठूलै चुनौती खडा गरिदिएको छ ।

 

मुकेश अम्बानीका दुई कम्पनी रिलायन्स रिटेल र रिलायन्स जियोले जियो मार्ट नामक अनलाईन किराना इ–कर्मश साइटको ‘सफ्ट लञ्च’ गरेको जनाएका छन् ।

 

जियो मार्टले विभिन्न किराना वस्तुहरुको निशुल्क र द्रुत हस्तान्तरण (एक्सप्रेस डेलिभरी) गरिने जनाएको छ । इ–कर्मश साइटमा हाल ५० हजार किराना वस्तुहरु सुचिकृत गरिएका छन् ।

 

आफ्ना अन्य प्रतिस्पर्धीहरु भन्दा फरक जियो मार्टले स्थानिय किराना पसलहरुसँग सम्झौता गरेर त्यहाँबाट सामानहरु बेच्ने रणनिती बनाएको छ ।

 

भारतमा अनलाइन किराना इ–कर्मश शुरुवाती अवस्थामा रहेको छ । यसको कुल कारोबार हाल ८७ करोड डलरको रहेको छ । यो सेवा अहिले भारतको कुल जनसंख्याको ०.१५ प्रतिशतले मात्र लिने गरेका छन् ।

 

तर, यो क्षेत्रका बिज्ञहरुले यो व्यवसायले छलाङ लगाउने अनुमान गरेका छन् । सन् २०२३ सम्ममा भारतमा अनलाइन किराना कारोबार १४ अर्ब ५० करोड डलरको हुने अनुमान रहेको छ ।

 

अहिले भारतको इ–कर्मश व्यवसायमा अमेजोन, फिल्पकार्टको बोलवाला रहेको छ । भारतले गत वर्ष केही नीतिगत परिर्वतन गरेपछि उनीहरुको नाफामा गिरावट आएको थियो । भारत सरकारले गत वर्ष अनलाइन खुद्रा व्यवसाय गर्ने विदेशी कम्पनीहरुले आफ्नै सहायक कम्पनीहरुबाट सामान बेच्न नपाउने प्रावधान ल्याएको थियो । यो प्रावधानले भारतीय कम्पनीहरुलाई चाँही छुँदैन ।

 

अम्बानी रिलायन्स इन्डस्ट्रिजको अध्यक्ष रहेका छन् भने उनको कुल सम्पत्ति ६० अर्ब डलर रहेको छ । उनको रिलायन्स जियो भारतको दोस्रो ठूलो टेलिकम सेवा प्रदायक कम्पनी हो, जसको ३६ करोड प्रयोगकर्ता रहेका छन् ।

रोजगारदाताको व्यवसाय रहेन कामदारको हित हुन्छः सौरभ ज्योतिको अन्तर्वार्ता Read Previous

रोजगारदाताको व्यवसाय रहेन कामदारको हित हुन्छः सौरभ ज्योतिको अन्तर्वार्ता

नेपाल राष्ट्रमा फेरिए प्रवक्ता, नयाँ जिम्मेवारीमा डा. गुणाकर भट्ट Read Next

नेपाल राष्ट्रमा फेरिए प्रवक्ता, नयाँ जिम्मेवारीमा डा. गुणाकर भट्ट