नेपाल राष्ट्रमा फेरिए प्रवक्ता, नयाँ जिम्मेवारीमा डा. गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । डा. भट्टलाई बिहिबार प्रवक्ता नियुक्त गरिएको हो । उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् ।

 

उनले नेपाल राष्ट्र बैंकको प्रवक्ताका रुपमा सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

 

‘आजैबाट आफुले जिम्मेवारी पाएको र उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु’, भट्टले भने ।

 

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका उनी अनुसन्धान विभागका कार्यकारी निर्देशक हुन् ।

मुकेश अम्बनीले शुरु गरे ‘जियोमार्ट’, के होला भारतमा अमेजोन र वालमार्टकाे भविष्य Read Previous

मुकेश अम्बनीले शुरु गरे ‘जियोमार्ट’, के होला भारतमा अमेजोन र वालमार्टकाे भविष्य

माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी Read Next

माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी