सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । सुदूपश्चिमलाई जिताउन निदो भण्डारीले ५५ वलमा नटआउट ५८ रन बनाएन । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, सैफ जैबले ३२ रन र कप्तान दीपेन्द्र सिंह ऐरीले १६ बलमा नटआउट २० रन बनाए । जनकपुरका लागि ललित नारायण राजवंशी र किशोर महत्तोले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल बनाएको थियो । । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए ।

त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान १/१ विकेट लिए । सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

ऊर्जामन्त्रीले नियुक्त गरे प्राधिकरणमा दुई संचालक Read Previous

ऊर्जामन्त्रीले नियुक्त गरे प्राधिकरणमा दुई संचालक

१५ अर्बमा बन्दैछन् दुई पेट्रोलियम पाइप लाइन, ५४ महिनामा सक्ने सहमती Read Next

१५ अर्बमा बन्दैछन् दुई पेट्रोलियम पाइप लाइन, ५४ महिनामा सक्ने सहमती