ऊर्जामन्त्रीले नियुक्त गरे प्राधिकरणमा दुई संचालक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्यमा लक्ष्मण केसी र डा. बलबहादुर पराजुली नियुत्तः भएका छन् ।

मंगलबारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई संचालकमा नियुक्त गरेको हो ।

पुस २ गतेदेखि संचालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएसंगै मन्त्री खड्काले दुई नयाँ संचालक नियुक्त गरेका हुन् ।

नवनियुक्त संचालक केसी डेमोक्र्याटिक इन्जिनिर्यस नेपाल (सिडेन) अध्यक्ष हुन् । त्यस्तै, पराजुली सिभिल इन्जिनियर हुन् ।

यसअघिका संचालक कपिल आचार्य एकीकृत समाजवादी र पुन माओवादीको कोटाबाट नियुक्त भएका थिए । कार्यकाल सकिनु अगावै गत साउनमा मन्त्री खड्काले उनीहरूलाई संचालकबाट हटाएका थिए । तर, सर्वोच्च अदालतबाट स्टे अर्डर पाएर फर्किएका थिए ।

नेप्सेमा सामान्य गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा सामान्य गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा Read Next

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा