नेप्सेमा सामान्य गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार एकैदिन ५१ अंकले घटेर मंगलबार ३ अंकले बढेको नेप्से आज फेरि ५ अंकले घटेको हो ।

आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा आइपुगेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ४ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटाको परिसूचक बढेको छ भने १० वटाको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ भने अन्य समूहको ०.३७ प्रतिशतले घटेको छ ।

आज जानकी फाइनान्सको सर्वाधिक १५ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिभर फल्स पावरको १२ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज दुई लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले ठ्याक्कै १० प्रतिश कमाएका छन् ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ९.९० प्रतिशत गुमाएका छन् ।

पुस १३ देखि पोखरा सडक महोत्सव : होटलमा २०% र प्याराग्लाडिङमा १०% छुट Read Previous

पुस १३ देखि पोखरा सडक महोत्सव : होटलमा २०% र प्याराग्लाडिङमा १०% छुट

ऊर्जामन्त्रीले नियुक्त गरे प्राधिकरणमा दुई संचालक Read Next

ऊर्जामन्त्रीले नियुक्त गरे प्राधिकरणमा दुई संचालक