काठमाडौं । एनसेलले नयाँ वर्ष २०२० लक्षित नयाँ अफर ल्याएको छ । एनसेलले भ्वाइस, एसएमएस तथा डाटाहरुमा नयाँ अफर ल्याएको हो ।
एनसेलले डाटा प्याकमा थ्री जी/फो जी सेवामा ७ दिनदेखि ३० दिनसम्मका लागि प्याकेज ल्याएको छ । ७ दिनको प्याकेजमा २ देखि ४ जीबीसम्म प्याकेज उपलब्ध गराइएको छ । सो प्याकेजमा एक हप्ताको डाटा प्याकका लागि मूल्य नतोकिएको भए पनि ३० दिनका लागि १ जीबी डाटा चलाउन कर बाहेक ७० रुपैयाँ रहेको छ ।
३० दिनका लागि एनसेलले ५ वटा प्याकेज ल्याएको छ । ३० दिनसम्मको ३ जीबी किन्दा विना कर १ सय रुपैयाँ रहेको छ भने ६ जीबी डाटा किन्नका लागि कर बाहेक १ सय ५० रुपैयाँ तोकिएको छ ।३० दिनको १५ जीबी डाटा किन्न ३ सय रुपैयाँ रहेको छ भने २५ जीबी डाटा किन्नका लागि ४ सय रुपैयाँ रहेको छ ।
भ्वाइस तथा एसएमएस प्याकेज अन्तर्गत २४ घण्टाको प्याकजका लागि कर बाहेक ९ रुपैयाँ रहेको छ । सो ९ रुपैयाँमा १२ मिनेट कुरा गर्न सकिने छ । यस्तै त्यसैमा १२ रुपैयाँको पनि २४ घण्टाका लागि २२ मिनेटको भ्वाइस प्याक लिन सकिनेछ । अन्य ३, ७ र ३० दिनसम्मको भ्वाइस प्याक रहेको छ ।
३ दिनको ५५ मिनेट भ्वाइस प्याकको मूल्य २५ रुपैयाँ रहेको छ । ७ दिनको २ वटा प्याकेज रहेको छ । ७ दिनको ७५ मिनेटको भ्वाइस प्याक ४९ रुपैयाँ र ७ दिनको १२५ मिनेट भ्वाइस प्याक ५६ रुपैयाँमा किनेर चलाउन सकिने छ ।
३० दिनका लागि दुई वटा भ्वाइस प्याक छ । ३० दिनको १ सय ६० र २ सय ४० रुपैयाँको ४ सय २५ मिनेट र ७ सय २० मिनेटको प्याकेज लिन सकिन्छ ।नयाँ वर्षको फ्ल्यास सेलका रुपमा एनसेलले ३० दिनको १६ जीबी प्याकेज कर बाहेक ३ सय ९९ रुपैयाँमा वितरण गरेको छ । यसको नियमित मूल्य ७ सय ९९ रुपैयाँ रहेको छ । ३० दिनको थ्री जीबी १ सय ७७ रुपैयाँमा दिने भएको छ । यसको नियमित मूल्य ३ सय ५५ रुपैयाँ रहेको छ ।
एनसेलको डाटा किन्नका लागि स्टार १७१२३ ह्यास टाइप गरी किन्न सकिने छ । भ्वाइस प्याकका लागि स्टार १७११८ ह्यास डाइल गरी सजिलै एनसेल सुविधा लिन सकिनेछ ।