एनआईसी एशिया क्यापिटलमा १ रुपैयाँमै डिम्याट खाता खोल्न सकिने

काठमाडौं । एनआइसी एशिया क्यापिटलले अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा १ रूपैयाँमै डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको छ। ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

 

व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै सो अभियानको थालनी गरेको हो। सो व्यवस्था पुस १६ देखि असार मन्सान्तसम्म लागू हुने छ।

 

अभियानलाई थप टेवा पुर्याउन सो अवधिसम्म डिम्याट खाता संचालन वापत लाग्ने पहिलो वर्षको खाता संचालन शुल्क पनि छुट गरेकोे छ। यस अभियानले विशेषतः महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने क्यापिटलको विश्वास रहेको छ।

अर्घाखाँची सिमेन्टको धन वर्षामा मनोजले जिते १ लाख Read Previous

अर्घाखाँची सिमेन्टको धन वर्षामा मनोजले जिते १ लाख

एनसेलले ल्यायो नयाँ वर्ष अफर, यस्ता छन् प्याकेज Read Next

एनसेलले ल्यायो नयाँ वर्ष अफर, यस्ता छन् प्याकेज