एनपीएल हेर्ने काठमाडौं आइपुगे प्रख्यात क्रिकेटर ब्रायन लारा

काठमाडौं । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आएका छन् । उनी आज बिहान काठमाडौँ ओर्लिएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे ।

लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न काठमाडौँ आएका हुन् ।
वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका उनले एनपीएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ ।

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले वेष्टइण्डिजका लागि १३१ टेष्ट खेल खेलेका छन् । १३१ खेलबाट लाराले ११ हजार ९५३ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन् ।

उनले टेस्ट क्रिकेटमा एक खेलमै ४०० रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन् । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै ४०० रन बनाएका थिए ।

त्यसैगरी लाराले वेष्टइण्डिजका लागि २९९ एकदिवसीय खेल खेलेका छन् । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उहाँले १० हजार ४०५ रन जोडेका छन् ।

मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने Read Previous

मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति Read Next

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति