मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने

दमौली । मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा ५ दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा Read Previous

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

एनपीएल हेर्ने काठमाडौं आइपुगे प्रख्यात क्रिकेटर ब्रायन लारा Read Next

एनपीएल हेर्ने काठमाडौं आइपुगे प्रख्यात क्रिकेटर ब्रायन लारा