डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर २७ गते बसेको बैठकले सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

देशको अर्थतन्त्र कुन दिशामा जाँदैछ ? यस्तो देखाउँछ १२ तथ्यांकले Read Previous

देशको अर्थतन्त्र कुन दिशामा जाँदैछ ? यस्तो देखाउँछ १२ तथ्यांकले

मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने Read Next

मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने