काठमाडौं । एनएमबी बैंकको सेवा १२ घण्टा अवरूद्ध हुने भएको छ ।
बैंकको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार राति १०ः३० बजेदेखि शनिबार बिहान १०ः३० बजेसम्म सबै सेवा अवरुद्ध हुने भएहो ।
बैंकका अनुसार त्यस अवधिमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइपीएस तथा कल सेन्टरसेवा अवरूद्ध हुने छन् ।