काठमाडौं । सरकारले पुस १७ गते (जनवरी १) देखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीहरुलाई पत्र लेख्दै पुस १७ देखि व्यावसायिक उडानमा रोक लगाइएको जानकारी गराएको हो ।
निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा सुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारीर गैर–सरकारी संघर संस्थाहरूको बैठकले उक्त निर्णय गरेको हो।
निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्दार र मालसामान ढुवानीका लागि प्रयोग गरिने उडान मात्र हुनेछ। व्यावसायिक रूपमा सञ्चाचालन हुने हेलिकप्टर भने उडान गर्न पाइने छैन।