एनआईसी एशिया बैंकको नयाँ शाखा ढुङ्गेधारामा

काठमाडौं। एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा संचालनमा ल्याएकाे छ ।

 

सो शाखाको उद्घाटन मङ्गलबार पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले गरे।

 

उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

 

बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

सिभिल बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न Read Previous

सिभिल बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

पूँजीगत खर्च निराशाजनक, सरकार फेरियो तर खर्च गर्ने शैली फेरिएन Read Next

पूँजीगत खर्च निराशाजनक, सरकार फेरियो तर खर्च गर्ने शैली फेरिएन