सिभिल बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ।

 

बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म आयोजना गरेको रक्तदानकार्यक्रममा कुल १३५४ पिन्टरगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको बताएको छ।

 

बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्मअध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

 

त्यस्तै, व्यास नगरपालिकालाई ५० थान र त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई ५ थान डस्टविन प्रदान गरेको छ।चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार आर्थिक सहयोगप्रदान गरेको बैंकले बताएको छ।

 

बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहीनहरूलाई सय थान छडी, श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर र सित्यस्वर शिव शक्ति प्राइमरी स्कुललाई १ थान प्रिन्टर प्रदान गरेको छ।

 

त्यस्तै, पुकार डिसएबिलिटी सोसिएल सर्भिसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान र नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ।

उखु किसानको आन्दोलनप्रति महासङ्घको ऐक्यबद्धता Read Previous

उखु किसानको आन्दोलनप्रति महासङ्घको ऐक्यबद्धता

एनआईसी एशिया बैंकको नयाँ शाखा ढुङ्गेधारामा Read Next

एनआईसी एशिया बैंकको नयाँ शाखा ढुङ्गेधारामा