काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन २ हजार १०० रुपैयाँ बढेको छ ।
सोमबार प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।