रौतहटमा जिप दुर्घटनामा ८ जनाको मृत्यु, ५ घाइते

चन्द्रपर । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा १६ च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिए। मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।

दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । रासस

सुनको मूल्य एकैदिन तोलामा २१०० रुपैयाँ बढ्यो Read Previous

सुनको मूल्य एकैदिन तोलामा २१०० रुपैयाँ बढ्यो

स्थानीय उत्पादन बजारीकरण गर्न महानगरको 'कोसेली घर', गुन्द्रुकदेखि हस्तकलासम्म पाइने Read Next

स्थानीय उत्पादन बजारीकरण गर्न महानगरको 'कोसेली घर', गुन्द्रुकदेखि हस्तकलासम्म पाइने