काठमाडौं । आइसीएफसी फाइनान्स र सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
दुवै कम्पनी संचालक समितिको मंसिर २४ गते बसेको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
आइसीएफसी फाइनान्सले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश घोषणण गरेको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।