नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरू, ग्राहकले रोजेकै समयमा सेवा पाउने

काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरु गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्येनजर गर्दै छिटो छरितो सुविधा दिने उद्देश्यले उक्त प्रणाली सुरु गरेको हो ।

बैंकका अनुसार तत्कालको लागि यो केन्द्रीय कार्यालय तीनधाराबाट लिन सकिन्छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको बताए ।

‘हामी ग्राहकहरूको चाहानालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौँ । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ,’ ढुंगानाले भने ।

व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन् ।

नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ । सुरुवातदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको नबिल बैंक लिमिटेडले ग्राहकको अनुभवका आधारमा नयाँनयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ । अपोइन्टमेन्ट बैंकिङ प्रणाली डिजिटलाइजेसन अन्तर्गतकै नयाँ आयमको रूपमा लिइएको छ ।

ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एप प्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन्। ग्राहकले बैंकमा जानु अघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठुलो सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टले क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने Read Previous

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टले क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

आप्रवासी शिशुलाई दिइने जन्मसिद्ध नागरिकता प्रणाली हटाउने ट्रम्पको घोषणा Read Next

आप्रवासी शिशुलाई दिइने जन्मसिद्ध नागरिकता प्रणाली हटाउने ट्रम्पको घोषणा