राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टले क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच क्रसबोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले अब विश्वका करिब ४८ देशहरुसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्यूआर लिएका राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ वृद्धि गर्न सक्ने भएका छन् ।

नेपाल पे क्यूआर हालसम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन । यस्तो कारोबारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोबारमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।

बैंकले हाल देशका ७७ जिल्लामा रहेका २९४ शाखा कार्यालय, ३१२ एटीएम, ९९ वटा शाखारहित बैंकिंङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर मार्फत सेवा दिँदै आएको छ ।

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता Read Previous

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरू, ग्राहकले रोजेकै समयमा सेवा पाउने Read Next

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरू, ग्राहकले रोजेकै समयमा सेवा पाउने