जापान एअरलाइन्सले विदेशी पर्यटकलाई ५० हजार टिकट निःशुल्क दिने

जापान एअरलाइन्सले विदेशी पर्यटकहरूलाई आन्तरिक उडनका ५० हजार टिकट निःशुल्क दिने भएको छ।सिएनएनका अनुसार एअरलाइन्सले आगामी गर्मीयामका लागि आन्तरिक उडानका आते(जाते टिकट सित्तैमा दिने भएको हो।

 

जापानका कम भ्रमण गरिएका स्थानहरूको प्रचार र प्रवर्द्धन गर्नका निम्ति यो योजना ल्याइएको हो।साथै सन् २०२० मा टोकियोमा हुने ‌ओलम्पिक्सले पनि यो योजनामा बल पुगेको हो।

 

आगामी जुलाइदेखि सेप्टेम्बरमा हुने ओलम्पिकमा थुप्रै पर्यटक जापान पुग्नेछन्।राजधानी सहरमा मात्र मान्छे नबसून्, अन्त पनि घुमून् भन्ने उद्देश्यले निःशुल्क टिकटको योजना ल्याइएको हो।

 

जापान एअरलाइन्सले वितरण गर्ने ५० हजार टिकट जित्न केही शर्तहरू भने छन्।जापानबाहिरको माइलेज बैंकमा दर्ता भएर यस्तो निःशुल्क टिकटका लागि निवेदन दिन सकिन्छ। र, आवदेन दिएको केही दिनसम्म व्यक्तिले कुन ठाउँको टिकट पाउँछ भन्ने जानकारी हुँदैन।

 

एअरलाइन्सले जापानका चार गन्तव्य सुझाउनेछ जसको उडान टोकियोको हानेडा विमानस्थल, ओसाकाको इटामी वा कन्साइ विमानस्थलबाट हुनेछ।

 

परिवार वा साथीसँग जान चाहनेले चार जनासम्मको समूह बनाउन सक्नेछन्। आवदेन भरेको तीन दिनभित्र नतिजा आइसक्ने एअरलाइन्सले जनाएकाे छ ।

-एजेन्सी 

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान Read Previous

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान

५ जी विस्तार गर्दै नेपाल टेलिकम, यी ४ सहरबाट सेवा सुरु हुने Read Next

५ जी विस्तार गर्दै नेपाल टेलिकम, यी ४ सहरबाट सेवा सुरु हुने