काठमाडौं । नेपाल टेलिकमले अब चाँडै ५ जी सेवा सुरु गर्ने भएको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा बैद्यका अनुसार पहिलो चरणमा चार ठूला सहरबाट ५ जी सेवा परिक्षण सुरु गर्ने तयारी भइरहेको छ ।
त्यसकालागि टेलिकमले काठमाडौं उपत्यका, विराटनगर, पोखरा र नेपालगञ्ज गरी चार वटा जिल्लामा फाइब जीको ट्राइल गर्न लागिएको बैद्यले जानकारी दिइन् ।
उनका अनुसार त्यसलगतै यसलाई अन्य ठाउँहरुमा विस्तार गर्दै लैजाने छ । सरकारले ५ वर्षभित्र नेपालमा सबै क्षेत्रमा ५ जी पुर्याउने लक्ष्य लिएको छ । अहिले टेलिकमले ७ वटै प्रदेशमा ६० बढि जिल्लामा ४ जी सेवा प्रदान गरेको छ ।
नेपाल टेलिकमको डाटा महंगो हुने गरेको प्रयोगकर्ताहरुको गुनासो बन्दै आएको छ । हाल टेलिकमले न्यूनतम १२ रुपैयाँमा २८ एमबी डाटा प्याक उपलब्ध गराउदै आएको छ । कम्पनीले अधिकतम ४ हजार ५ सय एमबी डाटा प्रदान गर्दै आएको टेलिकमले विभिन्न साप्ताहिक र मासिक प्याकेजसम्मको व्यवस्था गर्दै आएको हो ।
बैद्यले पछिल्लो समय टेलिकमले ३ पैसा बराबर एक एमबी डाटा उपलब्ध गराउदै आएको दाबी गरिन् ।
‘कुनै समय प्रति एमबी १ रुपैयाँसम्म रहेको डाटाको मूल्य घटाएर अहिले ३ पैसासम्ममा झरिसकेको छ’, बैद्यले चाणक्य पोष्टसँग भनिन् ।
हाल टेलिकमको डाटा किन्नलाई *1415# मा गएर आवश्यक्ता अनुसार हरेक एमबीको टाडा खरिद गरी सेवा लिन सकिन्छ । टेलिकमले भ्वइस प्याकको समेत व्यवस्था मिलाएको छ ।