काठमाडौं । नयाँ ठेक्का सम्झौता अनुसार मेलम्चीको शुरुङ निर्माण १२ महीना र ‘हेडवर्कस’ (पानी संकलन गर्ने ठाउँ) निर्माण १५ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले काम शुरु गरेको २ महिनामा ७.३१ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । यो अवधिमा ५२.३१ करोड रुपैयाँ खर्च भइसकेको छ ।
विगत लामो समयदेखि काठमाडौंमा मेलम्ची खानेपानी आउने भन्ने हल्ला चलिनै रहेको छ । विगत देखि लिएर अहिलेसम्म मेलाम्ची चुनाव र राजनीतिक मुद्दाको विषय बनिनै रहेको छ । यद्यपी यसको भौतिक प्रगति भने उद्देक लाग्दो नै छ । २०४७ साल ताका परिकल्पना गरिएको यो आयोजना २०७६ सालमा आइपुग्दा समेत पूरा हुन सकेको छैन ।
आयोजना शुरु भए पश्चात् दुई निर्माण कम्पनीले सम्पन्न गर्न नसकेपछि हाल यो काम चिनीयाँ कम्पनी सिनो हाइड्रोलाई सुम्पिइएको हो । सिनो हाइड्रोले २०७६ असोज २४ मा ‘हेडवर्कस’ निर्माणको ठेक्का सम्झौता गरी सोको निर्माण कार्य शुरु गरेको छ ।चालू आवका लागि मेलम्चीमा ७ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
विगत लामो समयदेखि काठमाडौंमा मेलम्ची खानेपानी आउने भन्ने हल्ला चलिनै रहेको छ । विगत देखि लिएर अहिलेसम्म मेलाम्ची चुनाव र राजनीतिक मुद्दाको विषय बनिनै रहेको छ । यद्यपी यसको भौतिक प्रगति भने उद्देक लाग्दो नै छ । २०४७ साल ताका परिकल्पना गरिएको यो आयोजना २०७६ सालमा आइपुग्दा समेत पूरा हुन सकेको छैन ।विभिन्न समयमा आयोजना पूरा गर्ने मिति तोकिँदै आए पनि आयोजनाले पूर्णता पाएको छैन ।
निर्माण कम्पनीले आगामी असारसम्ममा वैकल्पिक पाइप लाइनबाट पानी पथानान्तरण तथा शुरुङको परीक्षण समेत गर्ने योजना बनाएको छ ।
विभिन्न चरणहरुमा काम हुने भएकाले अहिले पाइप, फिटिङ उपकरण, गेट आपूर्ति तथा जडानको कार्यका लागि खरिद प्रक्रिया सम्पन्न हुने क्रममा रहेको जनाइएको छ ।
मेलम्ची खानेपानी ल्याउन गर्नुपर्ने बाँकी कामहरु
निर्माण व्यवसायीले २०७६/७७ मा ‘कफरड्याम’ (पानी संकलन गर्नका लागि निर्माण गरिने संरचना) निर्माण तथा वैकल्पिक पाइप ‘डाईभर्सन’ सञ्चालन गर्नु पर्नेछ । साथै, गेट ९ र १० जडान गर्नुका साथै मुख्य शुरुङको फिनिसिङ पनि यसै साल सम्पन्न गर्नु पर्नेछ । हाइड्रो–मेकानिकल जडान गर्नुका साथै सुन्दरीजल देखि पानी प्रशोधन केन्द्र तथा बाग्मती नदीसम्मको कार्य सकि शुरुङको परीक्षण पनि यसै साल गरिसक्नु पर्नेछ ।
पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु रिवर्माबाट सुन्दरीजलसम्म २६.५ किलोमिटर लामो शुरुङबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्र्याउने योजना रहेको छ ।
आयोजनाको दोस्रो चरणमा याङ्ग्रस र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटरका दरले थप पानी काठमाडौं उपत्यका ल्याउने लक्ष्य रहेको छ ।
मेलम्चीको विगत
२०६५ फागुन ८ गते शुरुङ निर्माणको लागि चिनियाँ निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरी २०७० साल असोज ३० गतेसम्म कार्य सम्पन्न गर्नुपर्ने थियो । चिनीयाँ निर्माण व्यवसायीले करिब ६.५ किलोमिटर शुरुङ खन्ने तथा सपोर्ट लगाउने कार्य सम्पन्न गरेको थियो ।
तर, बाँकी रहेको १ वर्षको अवधिमा निर्माण कार्यसम्पन्न हुन नसके पछि सो निर्माण व्यवसायीको २०६९ असोज ९ गते ठेक्का सम्झौता रद्द गरिएको थियो । सो अवधिमा ठेक्का सम्झौताको करीब १५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो ।
त्यसपछि हेडवर्कस तथा शुरुङ निर्माणका लागि नयाँ खरिद प्रक्रिया शुरु गरी अन्तर्राष्ट्रिय बोलपत्र माध्यमबाट सीएमसी दि रभेना, इटालीसँग बाँकी रहेको काम सम्पन्न गर्न २०७० साल असार ३१ गते ठेक्का सम्झौता गरिएको थियो ।
निर्माण व्यवसायी सीएमसी बाट समेत कबोल गरिएको समयमा कार्य सम्पन्न हुन सकेको थिएन । सो समयमा भूकम्प तथा नाकाबन्दीका कारण निर्माण पूरा हुन सकेको थिएन ।
२०७५ मंसिर २९ गते सीएमसी दि रभेना इटालीले अचानक आयोजनाको निर्माणकार्य छोडेपछि कम्पनीसँग ठेक्का सम्झौता रद्द गरिएको थियो ।