काठमाडौं । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५ सय रुपैयाँसम्मको क्यासव्याक अफर ल्याएको छ ।
बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न वस्तु तथा सेवा खरिद गर्दा ५सय क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योेजना अनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरी पीओएस मेशिनमा कम्तीमा ५ सय बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५सय नै फिर्ता पाउनेछन् ।
त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटबाट सामान खरिद गर्दा कम्तीमा ५ सम्मको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५सय क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ । बैंकले भिषाको सहकार्यमा ल्याएको अफर फेब्रुअरीसम्म लागू हुनेछ ।
बैंकले हाल देशभर १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा, १७८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएसमार्फत ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।