बुद्ध एयरले ल्यायो १९ औं एटीआर विमान

काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटीआर विमान भित्र्याएको छ । नयाँ एटीआर-७२ विमान थपेसँगै कम्पनीसँग एटीआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ ।

नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साइन नाइन एन-एओजी विमान फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटीआर-४२-३२० र १६ वटा एटीआर-७२-५०० जहाज रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक १४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।

ईसेवाबाट ५४ जिल्लाका होटल बुकिङ गर्न सकिने Read Previous

ईसेवाबाट ५४ जिल्लाका होटल बुकिङ गर्न सकिने

नेप्सेमा उच्च अंकको गिरावट, परिसूचक फेरि २७०० बिन्दु तल झर्यो Read Next

नेप्सेमा उच्च अंकको गिरावट, परिसूचक फेरि २७०० बिन्दु तल झर्यो