ईसेवाबाट ५४ जिल्लाका होटल बुकिङ गर्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई सेवाबाट देशका ५४ जिल्लामा रहेको होटलहरु बुकिङ गर्न सकिने भएको छ ।

यात्रा तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको ई सेवाले देशका ५४ं जिल्लाका प्रमुख शहरहरूमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने व्यवस्था गरेको हो ।

ई सेवा होटल्स मार्फत सेवाग्राहीले सजिलै होटल बुक गर्न सक्छन् । यसबाट सहरी क्षेत्रमा रहेका तारे होटलहरुदेखि लिएर ग्रामीण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने गर्न सकिने ई सेवाले जनाएको छ ।

ई सेवा होटल्सबाट करिब ३५०० भन्दा बढी होटलहरु बुक गर्न सकिनेछ । ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै ई सेवा होटल्सबाट अग्रिम भुक्तानी बिनै कुनै पनि शहरमा जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार रद्द पनि गर्न सकिनेछ ।

लक्ष्मी सनराइज बैंकको शाखा च्यासलमा Read Previous

लक्ष्मी सनराइज बैंकको शाखा च्यासलमा

बुद्ध एयरले ल्यायो १९ औं एटीआर विमान Read Next

बुद्ध एयरले ल्यायो १९ औं एटीआर विमान