लक्ष्मी सनराइज बैंकको शाखा च्यासलमा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।

बैंकको काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा नं. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ) मार्फत सेवा लिन सक्नेछन्।

स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ।

बैंकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै राष्ट्र बैंक

ईसेवाबाट ५४ जिल्लाका होटल बुकिङ गर्न सकिने Read Next

ईसेवाबाट ५४ जिल्लाका होटल बुकिङ गर्न सकिने