काठमाडौं । बुद्ध एयरले आफ्नो ट्विटर (एक्स)मा पोस्ट सेयर (रिट्विट) गर्नेलाई नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट सित्तैमा उपलब्ध गराउने भएको छ ।
बुद्ध एयरले आज दिउँसो हुने लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीचको खेलको टिकट निःशुल्क दिने भएको हो ।
निःशुल्क टिकट पाउन बुद्धले ट्विट गरेको पोस्ट रिट्विट गर्दै एक जनालाई मेन्सन गर्नु पर्ने बुद्ध एयरले जनाएको छ ।
पोखरा र लुम्बिनी बीचको खेल आज दिउँसो १ः१५ बजेबाट सुरु हुँदैछ ।