काठमाडौं । थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न अनुमति माग्दै थप ५ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
एफपीओ जारी गर्न अनुमति माग्दै ४ लघुवित्त र एक हाइड्रोपावरले बोर्डमा आवेदन दिएका हुन् ।
बोर्डका अनुसार बुटवल पावर कम्पनी, नेशनल लघुवित्त, विन नेपाल, विजय र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि अनुमति मागेका हुन् ।
बुटवल पावरले प्रतिकित्ता २०६.३० रुपैयाँ दरले १ करोड कित्ता एफपीओ बिक्रीका लागि अनुमति मागेको हो । कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नछ ।
त्यस्तै, नेशनल लघुवित्तले ६ लाख ६९ हजार ९०० कित्ता, विन नेपाल लघुवित्तले ५१ हजार २९२.५ कित्ता, स्वरोजगार लघुवित्तले १ लाख ९५ हजार ७७३ कित्ता र विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्न अनुमति मागेका हुन् ।
चारै लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरमा एफपीओ जारी गर्न लागेका हुन् । मर्जर तथा प्राप्तिमा गएका यी लघुवित्तहरुले संस्थापक र सर्वसाधरणको सेयर अनुपात मिलाउन एफपीओ जारी गर्न लागेका हुन् ।