स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने

म्याड्रिड । स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत् पावर प्लाण्ट निर्माण गर्ने भएको छ ।

देशको उत्तरपश्चिमी क्षेत्र गालिसियाको ओरेन्सको सिल बेसिनमा पम्प गरिएको भण्डारण पावर प्लाण्ट वा गीगाब्याट्री, कन्सोमा अर्को वर्षबाट काम सुरु हुनेछ । कम्पनीले हालै परियोजनाको विवरणहरू जारी गर्न थालेको बताएको छ ।

प्लाण्टले उच्च उचाइको सेन्जा जलाशयलाई तल्लो उचाइको बाओ जलाशयसँग जोड्नेछ । ऊर्जा उत्पादन र भण्डारण गर्नका लागि ६९० मिटरको उचाइको फाइदा उठाउनेछ । १०० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्न नयाँ पूर्वाधारमा १.५ अर्ब युरो (१.५८ बिलियन अमेरिकी डलर) लगानी गरिरहेको इबरड्रोलाले निर्माण परियोजना पूरा हुन ६ वर्ष लाग्ने बताएको छ ।

कन्सो प्लान्टले जलाशयहरू बीचको पानी पम्प गर्न दिनको समयमा उत्पादित अतिरिक्त सौर्य ऊर्जा प्रयोग गर्नेछ । जहाँ यसलाई टर्बाइनहरू मार्फत बिजुली उत्पादन गर्न आवश्यक नभएसम्म भण्डारण गरिनेछ ।

प्लाण्टको क्षमताको लागि यसले प्रतिवर्ष ४ हजार गिगावाट आवर उत्पादन गर्नेछ । जुन स्पेनको कुनै पनि आणविक पावर स्टेशनले उत्पादन गरेको भन्दा झन्डै दोब्बर हो । सिन्ह्वा

५ कम्पनीले मागे एफपीओ जारी गर्न अनुमति, कुनको प्रतिकित्ता मूल्य कति ? Read Previous

५ कम्पनीले मागे एफपीओ जारी गर्न अनुमति, कुनको प्रतिकित्ता मूल्य कति ?

मिथिला लघुवित्तको लाभांश घोषणा Read Next

मिथिला लघुवित्तको लाभांश घोषणा