नेपाल प्रहरीले खुलायो १२२३ जनालाई जागिर

काठमाडौं । नेपाल प्रहरीले १ हजार २२३ जनालाई जागिर खुलाएको छ ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै १ हजार १६५ जना जवान, ४७ जना भान्छे र ११ कुचीकार पदमा नयाँ भर्ना खुलाएको जानकारी गराएको हो ।

इच्छुक नेपाली नागरिकले मंसिर २७ गतदेखि माघ ७ गतेसम्म आवेदन दिनुपर्नेछ । जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर लाग्दछ ।

त्यस्तै, कार्यालय सहयोगी पदका लागि भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ४० रुपैयाँ दस्तुर लाग्दछ ।

इच्छुक व्यक्तिले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा फाराम बुझाउन सक्नेछन् ।

यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।

वीरगञ्ज भन्सारले ४ महिनामा उठायो ५० अर्ब राजस्व, लक्ष्य भेटाउन असफल Read Previous

वीरगञ्ज भन्सारले ४ महिनामा उठायो ५० अर्ब राजस्व, लक्ष्य भेटाउन असफल

बुद्ध एयरको पोस्ट रिट्विट गर्नेले एनपीएलको टिकट सित्तैमा पाउने Read Next

बुद्ध एयरको पोस्ट रिट्विट गर्नेले एनपीएलको टिकट सित्तैमा पाउने