४ महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । पछिल्लो ९ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई अबको ४ महिनाभित्र लेखापरीक्षण गरिसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४ महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका हुन् ।

मन्त्री पाैडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताएका हुन् । उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुनसकेको छैन । अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा सर्किट

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत