नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि पावर र सीईडीबी होल्डिङस्ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा एभरेष्ट बैंकको १० प्रतिशत अर्थात् १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, कामना सेवा विकास बैंकको ७ प्रतिशत (२२ लाख ९६ हजार ८१५.२७ कित्ता), सीईडीबी होल्डिङस्को ११ प्रतिशत (१० लाख २४ हजार ९१९.६१ कित्ता) र अपि पावरको ५ प्रतिशत (२८ लाख ९३ हजार २९८.९५६) कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

चारै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

४ महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन Read Previous

४ महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन

नेपालमा लगानी भित्र्याउन चिनियाँलाई प्रधानमन्त्रीको आग्रह 'नीतिगत सुधारको प्रतिबद्धता' Read Next

नेपालमा लगानी भित्र्याउन चिनियाँलाई प्रधानमन्त्रीको आग्रह 'नीतिगत सुधारको प्रतिबद्धता'