नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बीच बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट पाउने छन् । साथै, विभिन्न सेवामा लाग्ने कन्सल्टेसन शुल्कमा१०० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

अस्पतालबाट प्रदान गरिने इन्डोस्कोपी, कोलोन्सकोपी, ईसीजी, ईईजी, एक्सरे, अल्ट्रासाउण्ड, लगायत सेवाबाट ग्राहक लाभान्वित हुन सक्नेछन् ।

२.१५ अर्ब बक्यौता तिरेपछि वर्ल्डलिंकको लाइसेन्स नवीकरण Read Previous

२.१५ अर्ब बक्यौता तिरेपछि वर्ल्डलिंकको लाइसेन्स नवीकरण

बीच सडकमै कन्टेनर पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध Read Next

बीच सडकमै कन्टेनर पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध