२.१५ अर्ब बक्यौता तिरेपछि वर्ल्डलिंकको लाइसेन्स नवीकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक बर्ल्डलिंकको लाइसेन्स नवीकरण भएको छ ।

कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको २ अर्ब १५ करोड १४ लाख रुपैयाँ बक्यौता बुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक्को लाइसेन्स १० वर्षका लागि नवीकरण गरिदिएको हो ।

प्राधिकरण संचालक समितिको मंसिर ७ गते बसेको बैठकले वर्ल्र्डलिंकको लाइसेन्सको नवीकरण गर्ने निर्णय गरेको हो । २०५५ चैत १६ गते इन्टरनेट सेवाको लाइसेन्स पाएको वर्ल्डलिंकलको २५ वर्षे अवधि गत चैतमै सकिएको थियो । त्यसयता वर्ल्डलिंक लाइसेन्स विनै संचालन हुँदै आएको थियो ।

वर्ल्डलिंक र प्राधिकरण बीच लामो समयदेखि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष सम्बन्धी कर विवाद थियो । आफूले उक्त कर तिर्नु नपर्ने भन्दै वर्ल्डलिंक अदालत गएको थियो ।

सर्वोच्च अदालतले २०८१ वैशाख ३० गते वल्र्डलिंकका सबै मुद्दा खारेज गरेको थियो । यद्यपि, त्यसको पूर्णपाठ हालै मात्र आएपछि वर्ल्डलिंकले सबै बक्यौता तिर्दै लाइसेन्स नवीकरण गरेको हो ।

 

विश्व बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च Read Previous

विश्व बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च

नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट पाउने Read Next

नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट पाउने