सुनको मूल्य तोलामा २६०० रुपैयाँमा घट्यो

काठमाडौं । सूनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँमा झरेको हो ।

सोमबार एकैदिन सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेसँगै सोमबार मूल्यमा उच्च गिरावट आएको थियो । आज भने अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटेकाले नेपालमा पनि घटेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा Read Previous

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

एनपीएलका लागि टिकटकाे मूल्य ताेकियाे, भीआइपीको १ हजारसम्म Read Next

एनपीएलका लागि टिकटकाे मूल्य ताेकियाे, भीआइपीको १ हजारसम्म