रिचार्जर र भ्रमण वर्ष सचिवालयबीच इकमर्श सम्झौता

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच रिचार्जरलाई इकमर्श पार्टनर बनाउने सम्झौता भएको छ ।

 

सम्झौता पत्रमा रिचार्जरकातर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर र नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौता गरेका छन् ।

 

सम्झौता अनुसार रिचार्जरले आफ्नो व्यवसायिक अभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नेछ । भ्रमण वर्षलाई प्रवर्दन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेन्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ ।

 

सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ । सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बिच उक्त अभियानको सुरुवात गर्दैछन् ।

 

अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

 

सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसै गरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।

बुटवलमा ढुवानी ग्राम निर्माण हुने Read Previous

बुटवलमा ढुवानी ग्राम निर्माण हुने

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर Read Next

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर