काठमाडौं । सानिमा बैंक अंग्रेजी नयाँ वर्ष इ.सं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।
बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १०० रुपैयाँ को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।
यस योजना पुस १५ देखि १७ (३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२०) सम्म लागू हुने बैंकले जनाएको छ ।