बुटवलमा ढुवानी ग्राम निर्माण हुने

बुटवलमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन ‘ढुवानी ग्राम’ निर्माणको शुरुआत भएको छ ।

 

बुटवल उपमहानगरपालिकाले वडा १२ नयाँगाउँमा ग्राम बनाउने कार्य अगाडि बढाएकोे छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गुरुयोजना बनाइ ग्रामको काम शुरु भएको जानकारी दिए ।

 

ग्राम निर्माणका गर्न उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिबीच हालै सम्झौता समेत भएको थियो । एक वर्षको अवधिभित्र नै तोकिएका सेडहरु निर्माण गर्ने गरी सम्झौता भएको जनाइएको छ ।

 

गुरुयोजनाअनुसार ग्रामको कूल अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार ६७४ रुपैयाँ रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । सेड निर्माणको अनुमानित लागत प्रति सेड २६ लाख ३२ हजार ३२० रुपैयाँ का दरले ४९ सेडको १२ करोड ८९ लाख ८३ हजार ६८० रुपैयाँ रहेको छ ।

 

निर्माण हुने एउटा सेड एक हजार ५५० वर्गफुट क्षेत्रफलको हुनेछ । प्रति सेडको मासिक बहाल प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार १०० रुपैयाँ हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौतामा उल्लेख छ ।रासस

कमलविनायक-नगरकोट सडकको कालोपत्र ४ महिनामा सक्न निर्देशन Read Previous

कमलविनायक-नगरकोट सडकको कालोपत्र ४ महिनामा सक्न निर्देशन

रिचार्जर र भ्रमण वर्ष सचिवालयबीच इकमर्श सम्झौता Read Next

रिचार्जर र भ्रमण वर्ष सचिवालयबीच इकमर्श सम्झौता