काठमाडौं । व्यवसायी उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनीत भएका छन् । काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको २ वर्ष बिते पनि कोषाध्यक्ष पद रिक्त थियो । कांग्रेसको विधानमा कोषाध्यक्ष सभापतिले मनोनयन गर्नसक्ने व्यवस्था छ। सोही विधान अनुरूप आइतबार सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनयन गरेका हुन् ।
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका व्यवसायी श्रेष्ठको शैक्षिक संस्था, होटल, कृषि लगायत विभिन्न क्षेत्रमा लगानी छ । उनले हालै मात्र भाटभटेनी ग्रुपसँग मिलेर दरबारमार्गमा पाँच तारे होटल निर्माण सुरु गरेका छन् ।