नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गत साता ६९ अंकले घटेको नेप्से यस साता पहिलो दिनमै दोहोरो अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा आइपुगेको छ । ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५३ करोड रुपैयाँ घटेर ७ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये लगानी र उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशतले घटेको छ ।

आज जानकी फाइनान्सको सर्वाधिक ६० करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ५५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ ।

आज थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.९१ प्रतिशत कमाएका छन् भने महुली लघुवित्तका सेयरधनीले ६.३० प्रतिशत गुमाएका छन् ।

जानकी फाइनान्सका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

व्यवसायी उमेश श्रेष्ठ काँग्रेसको कोषाध्यक्षमा मनोनीत Read Previous

व्यवसायी उमेश श्रेष्ठ काँग्रेसको कोषाध्यक्षमा मनोनीत

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति Read Next

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति