रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

फाइल फोटो

काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश भीमलाल बेलबासेको इजालसले सभापति लामिछानेलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

रविलाई हिरासतमा राख्न म्याद थपिएको यो पाँचौपटक हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलोपटक ५ दिन थुनामा अनुमति दिइएको थियो । त्यसपछि फेरि ७ दिनको म्याद थपिएको थियो । तेस्रोपटक कात्तिक २० गते थप १० दिनका लागि म्याद थपिएको थियो भने चौथोपटक कात्तिक २५ गते १५ दिनका लागि म्याद थपिएको थियो ।

लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट

मृत्युपछि अंग दान गर्ने परिवारलाई २ लाख दिने निर्णय Read Next

मृत्युपछि अंग दान गर्ने परिवारलाई २ लाख दिने निर्णय