माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत्मा लगानी गर्ने

काठमाडौं । माउन्टेन इनर्जी नेपालले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजना लगानी गर्ने भएको छ ।

कम्पनीको मंसिर ६ गते बसेको बैठकले सीता हाइड्रोपावर कम्पनी अन्तर्गत रहेको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालि बीच लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

माउण्टेन इनर्जीले हाल ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रोपावर परियोजना सञ्चालन गरिरहेकेा छ ।

कोप-२९ : धनी देशले विकासोन्मुख देशलाई वार्षिक ३०० अर्ब डलर दिने सहमति Read Previous

कोप-२९ : धनी देशले विकासोन्मुख देशलाई वार्षिक ३०० अर्ब डलर दिने सहमति

व्यवसायी उमेश श्रेष्ठ काँग्रेसको कोषाध्यक्षमा मनोनीत Read Next

व्यवसायी उमेश श्रेष्ठ काँग्रेसको कोषाध्यक्षमा मनोनीत