एभरेष्ट बैंक र एनसीएचएल बीच अलिपेमार्फत अन्तरदेशीय भुक्तानी गर्न सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्टहरूका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।

चाइना, हंङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढी अक्वरिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरू आबद्ध रहेका छन् ।

नेपाल एयरलाइन्सले रेसुंगा विमानस्थलमा साताको एक उडान गर्ने, भाडा कति ? Read Previous

नेपाल एयरलाइन्सले रेसुंगा विमानस्थलमा साताको एक उडान गर्ने, भाडा कति ?

आर्थिक सुधारका काम हुँदै छन् : प्रधानमन्त्री ओली Read Next

आर्थिक सुधारका काम हुँदै छन् : प्रधानमन्त्री ओली