नेपाल एयरलाइन्सले रेसुंगा विमानस्थलमा साताको एक उडान गर्ने, भाडा कति ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।

नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।

रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई सातादेखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरेलगत्तै पुनः उडान तालिका परिवर्तन गरेको हो ।

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौँबाट रेसुङ्गाका लागि ७ हजार ५०० रुपैयाँ भाडादर कायम गरेको छ ।

कतार एयरवेजले भोलिदेखि भैरहवामा दैनिक उडान गर्ने Read Previous

कतार एयरवेजले भोलिदेखि भैरहवामा दैनिक उडान गर्ने

एभरेष्ट बैंक र एनसीएचएल बीच अलिपेमार्फत अन्तरदेशीय भुक्तानी गर्न सम्झौता Read Next

एभरेष्ट बैंक र एनसीएचएल बीच अलिपेमार्फत अन्तरदेशीय भुक्तानी गर्न सम्झौता