आर्थिक सुधारका काम हुँदै छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरू, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औँ दीक्षान्त समारोहमा  सरिक हुने क्रममा आज यहाँ आएका हुन् ।  प्रधानमन्त्री ओली सो प्रतिष्ठानको कुलपति छन् ।

एभरेष्ट बैंक र एनसीएचएल बीच अलिपेमार्फत अन्तरदेशीय भुक्तानी गर्न सम्झौता Read Previous

एभरेष्ट बैंक र एनसीएचएल बीच अलिपेमार्फत अन्तरदेशीय भुक्तानी गर्न सम्झौता

उद्योगले बक्यौता तिरेपछि मात्रै लाइन जोड्नुपर्छ : प्राधिकरणका कर्मचारी Read Next

उद्योगले बक्यौता तिरेपछि मात्रै लाइन जोड्नुपर्छ : प्राधिकरणका कर्मचारी