काठमाडौं । सुनको मूल्य वृद्धि भएको छ । अघिल्ला दुई कारोबार दिनमै प्रतितोला ६ हजार ८०० रुपैयाँले घटेको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५०० रुपैयाँमा झरेको छ ।
गत कात्तिक १५ गते सुनको मूल्य कीर्तिमानी १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७०० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।