१०० किलोवाटको मोटर भएको हुन्डाई आयोनिक ५ को बुकिङ खुला

काठमाडौं । हुन्डाईको इलेक्ट्रीक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा १०० किलोवाट मोटरको आयोनिक ५ उपलब्ध गराउने भएको हो ।

आयोनिक ५ यसअघि १२५ किलोवाट मोटरमा उपलब्ध थियो । १०० किलोवाट आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

पहिलो पटक सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको । यसले ३७५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

आयोनिक ५ ले सन् २०२२ को विश्व कार अफ दी इयर, विश्व इलेक्ट्रिक कार अफ दी इयर, र विश्व कार डिजाइन अफ दी इयर जस्ता सम्मानित अवार्डहरू पाएको छ ।

हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ । जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड, र पिक्सेल टेललाइटले धेरैलाई लोभ्याउँछ ।

आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुनेछ ।

करिब १ महिना भित्रै १०० किलोवाटको गाडी बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सक्नेछन् ।

प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक-५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो ।

आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।

सुनको मूल्य तोलामा २ हजार बढ्यो Read Previous

सुनको मूल्य तोलामा २ हजार बढ्यो

जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश Read Next

जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश